बालबालिका, मोबाइलको दुरुपयोग र अभिभावक शिक्षा
अधिकांश बालबालिकाहरुका अभिभावकलाई आजभोलि एउटै विषयको चिन्ता छ । मेरो बाबु जन्मेको ५ बर्ष भईसक्यो पटक्कै जिव्रो फटकाएर बोल्दैन् । मेरो नानी ३ बर्षकी भई अझै राम्रो साग हिड्डुल गर्न सक्दैने । उमेर अनुसार हिड्न, बोल्न र उभिन नसक्नाले धेरै अभिवाकहरु यो बिषयमा दुखी र चिन्तित छन् । चिकित्सक तथा यस बिषयमा अध्ययन गरिरहेका मनोबैज्ञानिकहरु प्रकृतिको नियम बिपरित मानिसहरुले आˆनो दैनिक गतिविधिहरु सकृय रुपमा अगाडी बढाउदै जादा त्यस्को नकरात्मक प्रभाव, परिणाम र दुरगामी दोषहरु देखापर्दै गएको बताउछन् ।
जब बालबालिकाहरु बामे सर्न खोज्छन, उनिहरुलाई त्यसो गर्न दिइदैन्, हिड्ने वेला हुन्छ, हिड्न दिइिदैन् र तोतेबोलीमा बोल्न खोजिरहेको हुन्छ उसले साथी पाउदैन् । दोहोरो माध्यममा कुरा गर्ने साथी नपाएपछि बोल्न सक्ने भाषाको बिकास पनि समयमै हुदैन् ।
गम्भीर ढङ्गले नजिकवाट नियालेर हेर्ने हो भने थुप्रै कारणहरुको बारेमा बोध हुन सक्छ । आजभोलि हाम्रो दैनिकी यति व्यस्त हुदै छ कि कसैसाग कुरा गर्ने फुर्सद छैन् । हाम्रो व्यवहारको बिकास कस्तो हुदै गयो भने बालबालिकाहरु धुलोमा खेल्न गयो भने कपडा मैलो हुन्छ, फोहोरी हुन्छ । हामीलाई कपडा धुने फुर्सद छैन् । बालबालिकाहरुसाग घर नजिकैको खेल मैदानमा गएर खेल्ने फुर्सद छैन् । त्यसैले बन्द कोठामा बच्चाहरुलाई थुनेर राख्ने अनि मोबाईल खेल्न दिने अथवा टि.भी. हेर्न दिने । बन्दै कोठामा भएपनि सिकाईका बिभिन्न कृयाकालापहरुलाई अगाडी बडाउन त सकिन्छ । तर पनि बाबु आमा नै मोबाइलमा ब्यस्त हुने भएकोले बाबु आमाको कुराकानी, गफगाफ र छलफल नै सुन्न पाउदैन भने कसरी भाषाको बिकास हुन्छ ? एउटा दुधे सानो बालकलाई पनि आमाले स्तनपान गराउदा बच्चा साग कु।राानी नगरि आमाले समेत मोबाईलमा गित, भिडियो, टिकटक हेरेर समय व्यथित गर्छिन भने बालकले के सिक्छ ? त्यस्तो दुधे बच्चा साग आमाले बच्चाको आाखामा आाखा जुधाई खशी मुद्रामा स्तनपान गराउनु पर्छ । बच्चा साग कुराकानी गर्ने क्रममा बाबा, मामा, चाचा, नानु, सानु भन्दै बच्चालाई सुमसुमाउदै स्तनपान गराउने त्यो बाताबरण हराउदै गएको छ ।
हिजोको प्राचिन समुदायमा संयुक्त परिबारको अबधारणा हुन्थ्यो । परिवारमा बाजे–बजै, आमा–बुबा, काका, काकी, फुपु लगाएतका सदस्यहरु हुने गर्दथे । आजभोलि परिवारको हरेक आबश्यकता पुरा गर्ने हेतुले परिवारको आकार सानो हुादै गएको छ । सानो परिवारको चार जना सदस्यमा पनि बाबु–आमा नै जाागिरे भएकोले दुधे बालकको स्याहारको लागि कहिकतै पैसा दिएर धाई महिला राख्नाले पनि बालबाकिाहरुको प्रयाप्त सिकाई भएको छैन् । बालबालिकाहरुले जसरी सिक्यो त्यस्तै जान्ने हो । सिकाईमा बालबालिकाको दोष हुदैन् । बालबालिकालाई कस्तो बनाउने ? भन्ने कुरामा सर्बप्रथम बाबु–आमा, परिवार, समुदाय र बिधालयको ठुलो भुमिका हुन्छ । त्यो बातावरण हराउदै गएको छ । भाषाका चार सिपहरु मध्ये सुनाई,बोलाई, पढाई र लेखाईले नै ब्रेक डाउन गरेको छ । परिणाम स्वरुप कतिपय बच्चाहरु तिन बर्ष पुग्दा समेत प्रष्ट बोल्न सक्दैन र कतिपय अभिभावकको चिन्ताको बिषय बन्न पुगेको छ ।
बालबालिकाहरुलाई समुदायमा घुलमिल हुन नदिनु बाबु–आमाको दोष देखिन्छ । हाम्रा आजभोलिका घरहरु पनि प्राय सिमेन्टेड ढलान वाला पक्की बनाउने र चारैतिरबाट पर्खाल लगाई मुलगेटमा ठुलो चेनगेट लगाउने प्रचलन छ । यसवाट बच्चाहरु घरभित्रको सााघुरो घेरामा नै बस्नु पर्ने बाध्यता भएको छ । एउटा सानो बच्चाले न बाहिर गएर खेल्ने, न भित्र कोहि साथीहरुसाग खेल्ने मौका पाउछ । खेल्दै सिक्दै जाने बालबालिकाहरुको उमेरमा हाम्रो ठाडो हस्तक्षेप र बन्देज भएकोले उनिहरुको स्वभाब र ब्यबहारमा परिर्बतन देखापर्दै जानु स्वभाविक प्रकिृया हो । हामीलाई मान्छे माथि नै बिश्वास लाग्न छोडिसक्यो । घरघरमा एउटा भोटे कुकुर पाल्ने र अपरिचित ब्यक्ति घरमा आयो भने कुकुर भुक्ने भएकोले त्यो अफरिचित ब्यति साग कसरी चिनजान होस् ? छिमेक, परिवार र समुदायको सम्बन्ध कसरी अगाडी बढोस् ? भनिन्छ नि– “रुख अनुसारको छााया, साईनो अनुसारको माया” भन्ने उखान आजभोलि हराउदै गएको छ ।
वालबालिकाहरुका लागि पहिले र अहिलेका खेलहरु तुलना गर्ने हो भने आकाश पाताल फरक छन् । गााउघरमा, पहिले पहिलेका खेलहरुमा रुमाल लुकाउने खेल, आागनमा दश कोठाको धर्को कोरेर खेलिने राज्य खेल, परालको थुप्रोमा लुकामारी खेलिने खेल, ओरो–डोरो खेल, मुलाबारीको खलामा खेलिने खेल, मुसा–बिरालो खेल, लक्कु ढाल, पौडी खेल, गोबर मन्टी खेल, दशैमा चङ्गा उढाउने खेल, भुरुङ्ग नचाउने खेल, डण्डी बियो खेल, ढुङ्गाको कट्टा खेल लगाएतका थुप्रै खेलहरु लोप भईसकेका छन् । यी सबै खेलहरुलाई मोबाईल कम्पयुटर, इमेल–इन्टरनेट, टिकटक, फेसवुक युटुब भिडियोले बिस्थापित गरिसकेको छ । केटाकेटी देखि बुडाबुडी सम्मको रोजाई मोबाईलको लत भईसकेको छ । पुराना खेलहरुको बारेमा आजभोलिका बालबालिकाहरु अनबिज्ञ छन् । मोवाईलमा नै धेरै लत भएकोले बालबालिकाहरु मोबाइलबाट नै बिभिन्न किसिमका खेलहरु खेल्न रुचाउछन् । मोबाइलमा नै रुचि र अत्यधिक लत भएकोले आजभोलि बालबालिकाहरु झर्किने, जिद्धि गर्ने, रिसाउने, पढ्न रहर नगर्ने, आफन्तहरु साग भेटघाट र भलाकुसारी गर्न मन नलाग्ने, एककोहोरो हुने, परीक्षामा असफल हुने जस्ता स्वभावहरु देखाउछन् । परिवार के हो ?, समाजमा बालबालिकाहरुको भुमिका के हुन्छ ?, आफन्तहरुसाग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको नैतिक शिक्षा छैन् ।
नेपालमा मात्र नभएर बिश्वका अधिकांस देशहरुमा मोबाईलको बढ्दो प्रयोगले बालबालिकाहरुको शारीरिक, मानसिक र सामाजिक बिकासमा ठुलै समस्या पैदा भएको छ । नेपालको शिक्षा क्षेत्र खस्किदै जानुमा पछिल्लो कारणको रुपमा मोबाइलको दुरुपयोग नै हो । मोबाइलकै गलत प्रयोगको कारणले दिनप्रतिदिन हत्या हिंसा, बलत्कार, अपहरण जस्ता सामाजिक समस्या तथा दुर्घटनाहरु भईरहेका छन् । यसप्रति राज्यको कुनै चासो छैन् । स्पष्ट निति नियम कै अभाव र कानुनको पालना नगर्नाले नेपालको सामाजिक सञ्जाल त्यति विश्वसनिय र भरपर्दो भएको छैन् । अब धेरै बिलम्ब गर्नु हुदैन् । समय धेरै घर्किसकेको छ । बालबालिकाहरुको मानसिक, शारीरिक, संबेगात्मक र सामाजिक बिकाशको लागि सबै अभिभाबकले आˆनो बालबालिकाहरुको सुन्दर भबिष्यको लागि मोबाइलको लतबाट छुटाउन जरुरी छ । मोवाइलको गलत प्रयोगले बालबालिकाहरु बिग्रन दिनु हुदैन् । किनभने आजका बालबालिकाहरु भबिष्यका कर्णधार हुन् ।
आजको बिश्व एक्काइसौं सताब्दीको युगमा छ । नजिकैको छिमेकी देश भारतले भर्खरै चन्द्रयान ३ चन्द्रमाको उत्तरी धुब्रमा पठाएर पहिलो बिश्व कृतिमान राख्दा हाम्रो देशमा चन्द्र र सुर्य नै हामीले झण्डामा राखेका छौं भन्दै फेसबुक र सामाजिक सञ्जादमा उत्पट्याङ्ग र बकमफुसे गफ गर्नेहरुको जमात धेरै छ । मोबाइलमा के लेख्ने र के नलेख्ने भन्ने बिषमा नै अन्योल भएपछि मलाई लाग्छ, मोबाइलको गलत प्रयोग र दुरुपयोग भएको छ । अहिले १८ बर्ष भन्दा मुनिका कति बालबालिकाहरुले मोबाइलको प्रयोग गर्छन भन्ने बिषयमा राज्य संयन्त्रसाग कुनै बास्तविक तथ्याङ्क छैन् । बिश्वभर भएका प्राय सबै सामाजिक सञ्जाल नेपालमा अभ्यास भइरहेका छन् । यसो हुनु पक्कै राम्रो कुरा होइन् । भनिन्छ, “जहाा अघिल्लो हल, त्यहि पछिल्लो हल” भनेझै नयाा पुस्ताका बालबालिकाहरु सम्हाल्नै नसक्ने गरि मोबाइलमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्दै आएका छन् । हामी हाम्रा बालबालिकालाई कुन संस्कार र संस्कृतितर्फ हुर्काउदै छौ ? यो आम अभिभाबकहरुको लागि गम्भिर प्रश्न हो । हाम्रा बालबालिकाहरुको बारेमा बिद्यालयमा गएर शिक्षक तथा हेडमास्टरसाग धेरै गुनासो गर्दछौं । मेरो छोराले भनेको पटक्कै मान्दैन, बिहान अबेरसम्म सुत्छ, पढ्ने जाागर नै गर्दैन, मोबाइलमा धेरै गेम खेल्न खोन्छ, सुत्ने कोठाबाट बाहिरै निस्कने मन गर्दैन्, यसले घरमा कसैलाई टेर्दैन्, अलि बढी जिद्धि छ । त्यसैले यो बाबुलाई राम्रो साग हेरिदिनु परयो र अलि धेरै होमवर्क पनि दिनुपरयो भन्ने अभिभावकीय गुनासाहरु अफिसमा दिनका दिन आउने गर्दछन् ।
प्राय गरेर बालबालिकाहरुमा देखिने मोबाइलको कुलतबारे बिश्व स्वास्थ्य संगठन पनि मुखर भएको छ । नेपालका बिभिन्न जनस्वास्थ्य विज्ञ, बालरोग विज्ञ, मनोचिकित्सकहरुले समेत हाम्रो गााउ–ठााउमा बढीरहेको यो समस्यावारे धेरै कुराहरु रेडियो, टि.भी र अन्य माध्यमहरुवाट पनि अभिव्यक्ति दिएको पाइन्छ । खाना खाादा र अन्य समयमा पनि मोबाइलमा कार्टुन र फिल्म हेर्ने साना बालबालिकाहरुको लागि बढो घातक हुन्छ भन्छन् बालरोग डाक्टर तथा बिज्ञहरु । सानो उमेरमा बच्चाको मस्तिष्कले नयाा नयाा कुरा सिकिरहेको हुन्छ । त्यो बेला टि.भी., मोबाइलमा कार्टुन हेर्ने बानी बसे मस्तिष्कको विकास नै हुन पाउादैन् । । जसरी एउटा बयस्क मान्छेलाई चुरोट खानु हुदैन्, खाएपछि क्यान्सर जस्तो खतरनाक रोग लाग्न सक्छ भन्ने थाहा हुदाहुदै पनि चुरोट तान्ने नसा भएको मान्छेले चुरोट छोड्न सक्दैन् । त्यस्तै मोबाइलको लत भएका बालबालिकाहरु नै मोबाइलको कुलत र दुरुपयोगका सिकार भएका छन् ।
हामीले के बुझ्न जरुरी छ भने, बालबालिका भनेको साना बिरुवा हुन् । बिरुवाको राम्रो हेरचाह र संरक्षण भएमा मात्र विरुवा ठुलो हुन्छ । फुल फुल्छ र एक दिन लटरम्म फल लाग्छ । त्यस्तै बालबालिका संसारको जुनसुकै ठााउमा जन्मे हुर्के पनि उनिहरुको आधारभूत आबश्यकताहरु माया, ममता, संरक्षण, ,स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । हाम्रा बालबालिकाहरुलाई के कसरी मोवाइलको लतवाट छुटाउने भन्ने विषयमा सबै अभिभावक जानकार हुन जरुरी छ । आजभोलिको जमानामा नपढेको र नजानेको अभिभावक कोही पनि हुनुहुदैन् । बिद्यालयले पनि बालबालिकाहरुको लागि अभिभावकीय शिक्षा जस्ता कार्यक्रमहरु बेलैमा सञ्चालन गर्न सकेमा मात्र बालबालिकाहरुमा देखापरेको बढ्दो मोबाइलको बिकृति र दुरुपयोगलाई न्यनिकरण गर्न सकिन्छ ।